मतदान गर्न राष्ट्रिय सभा गृह पुगे गगन थापा 

काठमाडौ. २३ असोज । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापा मतदान गर्न राष्ट्रिय सभा गृह पुगेका छन् ।

राष्ट्रिय सभा गृहमा मतदानका लागि थापा बागमती प्रदेशका प्रतिनिधिहरूसँग आएका हुन् । कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ ।

शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो । यसअघि बिहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । निर्वाचन समितिका अनुसार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा बुथहरू स्थापना गरी मतदान भइरहेको छ ।

राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका मतदाताहरूले मतदान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्