मङ्सिरको पहिलो हप्ता राष्ट्रिय भेला गर्ने एमालेको निर्णय

काठमाडौं, २२ असोज । नेकपा एमालेले मङ्सिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले भेला गर्ने निर्णय गरिएको उपमहासचिव लेखराज भट्टले बताए ।

नेता भट्टका अनुसार भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित सङ्घ, प्रदेश, पालिकाका जनप्रतिनिधि उपस्थित हुनेछन् ।

त्यसैगरी मङ्सिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको पनि भट्टको भनाइ छ । उनका अनुसार नगर र वडा अधिवेशनपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय भएको छ ।

खाली रहेका १३ वटा जिल्लामा अध्यक्षको स्थानीय कमिटीले नै निर्माण गरेर माथिल्लो कमिटीलाई अनुमोदन गराई कार्यान्वयनमा लैजाने निर्णय गरेको एमालेले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्