मञ्चमा पार्टी जीवनमा योगदान गरेका हाम्रा दाईहरू पनि हुनुपर्थ्यो, नहुँदा आफूलाई नमिठो लागिरहेको छ:  गगन थापा

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले  मञ्चमा पार्टी जीवनमा योगदान गरेका हाम्रा दाईहरू पनि हुनुपर्थ्यो नेताहरू १५ औं महाधिवेशनको मञ्चमा नहुँदा आफूलाई नमिठो लागिरहेको बताएका छन् ।

उनले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी निर्माणमा गरेको योगदान, संघर्षलाई उनले स्मरण गरे ।

पार्टीको १५ औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘विनम्रतापूर्वक आग्रह गर्छु, निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा नेपाली कांग्रेस पार्टीमा लामो समय योगदान गर्नुभएको छ, संघर्ष गर्नुभएको छ,’ सभापति थापाले भने, ‘पार्टी निर्माणमा यति ठूलो योगदान गर्नुभएको छ, पार्टीका अरु नेताहरूको योगदान छ । त्यसकारण हामीलाई मिठो लागिरहेको छैन । आज यो मञ्चमा हाम्रा दाईहरू पनि हुनुपर्थ्यो भन्ने हामीलाई लाग्छ ।’

 

प्रतिक्रिया दिनुहोस्