विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिको लागि उम्मेदवारी दर्ता
काठमाडौं, २० असोज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
अहिले धमाधम कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइरहेको छ । यसैबीच शर्माले वारेसमार्फत वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
पुष्पराज पौडेलले वारेसमार्फत शर्माको उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको विधानमा पहिलोपटक वरिष्ठ उपसभापतिको व्यवस्था गरिएको हो ।
गत विशेष महाधिवेशनबाट शर्मा उपसभापति निर्वाचित भएका थिए । उनको यो उम्मेदवारी स्वभाविक हो ।







प्रतिक्रिया दिनुहोस्