कांग्रेसको १५औँ महाधिवेशनमा डा. सुनिल शर्माको महामन्त्रीमा उम्मेदवारी घोषणा, पार्टीको नीति र निर्णयमा प्रतिबिम्बित गराउने अभियान
काठमाडौं, १७ असोज। नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
डां. शर्माले आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उनले आफू पार्टीलाई अझ ससक्त र समृघ देश बनाउने अभियानका लाग्नको लागि महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्। उनले भने, ‘कांग्रेसलाई जनतासँग जोड्ने अभियान र देश बनाउने अभियानमा साथ दिनुहुनेछ भन्ने अपेक्षा सहित महामन्त्रीको उम्मेदवारी दिने घोषणा गर्छु।
पार्टीको छविलाई फर्काउनको लागि आफ्नो उम्मेदवारी भएको छु।’ उनले थपे, ‘म नेपाली कांग्रेसको टिमको मान्छे हो। म बिपी कोइरालाको अनुयायी हुँ, गिरिजाबाबुको कार्यकर्ता हो। अहिले पार्टीको विरासत खस्किएको अवस्था छ, यसलाई क्रियासिल राख्नको निम्ति हाम्रो उम्मेदवारी हो।’
उनले आफु देशभरबाट आउने प्रतिनिधिको साझा उम्मेदवार भएको जिकिर गर्दै आफ्नो कुनै टीम नभएको बताए। कांग्रेसको महाधिवेशन आइतबार उद्घाटन हुँदैछ।
उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको विश्वास, सहभागिता र सहयात्राका लागि आग्रह गरेका छन्।
उनले पार्टीलाई जनतासँग अझ नजिक जोड्ने तथा जनताको आवाजलाई पार्टीको नीति र निर्णयमा प्रतिबिम्बित गराउने विषयलाई आफ्नो अभियानको मुख्य आधारका रूपमा अघि सारेका छन्।
डा. सुनिल शर्माले भनेका छन्, ‘राज्यलाई जनतासँग, जनताको आवाजलाई पार्टीको नीति र निर्णयसँग जोड्दै समयले मागेको रुपान्तरणलाई संस्थागत गर्ने संकल्पसहित नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ‘महामन्त्री’ पदमा प्रतिस्पर्धा गर्दैछु।’







प्रतिक्रिया दिनुहोस्