मुलुकलाई एकताबद्ध बनाएको अध्यक्ष प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले मुलुकलाई एकताबद्ध बनाएको दाबी गरेका छन् ।

बिहिबार लाजिम्पाटस्थित आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष प्रचण्डलले सबैलाई निर्वाचनमा आउने वातावरण बनाउन आफू नेतृत्वको सरकारले बनाएका कारण मधेसमा पार्टी प्रवेश गर्नेहरूको लहरनै चलेको समेत दाबी गरेका छन । कार्यक्रममा बोल्दै उनले भने माओवादी केन्द्रको भविष्य उज्जवल रहेको आश्वासन दिए ।

दाहालले आफूले नेतृत्व गरेको सरकारले संविधानको स्वीकार्यता बढाउँदै लैजाने नीति लिएकै कारण आसन्न सबै तहको निर्वाचनमा सबै दलहरू सहभागी हुने वातावरण बनेको दाबी गरेका छन् ।

प्रचण्डले आफ्नो पार्टीले ठूलो बलिदान गरेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्