सभापति लामिछानेले आह्वान गरे सर्वदलीय बैठक

काठमाडौँ, ३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सभापति लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक भोलि ९बुधबार० रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुने खरेलले बताए ।

उनका अनुसार, बैठक बिहान ११ बजे बस्नेछ । च्चस्तरीय राजनीतिक संयन्त्र गठनको षियमा आज सांसद तथा नेताहरुले उठाएका थिए । त्यसको दववादमा बैठक आह्वान गरिएको स्रोतले बताए ।

प्रतिक्रिया दिनुहोस्