सभामुख डीपी अर्याल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेट, उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण

काठमाडौँ, ३० भदौ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्याललाई भेटेर बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गराएका छन् ।

सभामुख अर्यालसँग मंगलबार भेटमा उनले भेटमा बाढीपछि उद्धार, राहत र पुनःस्थापनबारे उच्चस्तरीय संसदीय समिति गठनलगायतबारे सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

रसुवामा विनाशकारी बाढी गएको भोलिपल्टै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनस्र्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरेका थिए । तर, २० दिन बितिसक्दा पनि उक्त संयन्त्र गठन हुन सकेको छैन ।

आङ्देम्बेको सचिवालयले भेटका क्रममा संसद्‌मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिनेबारे पनि सभामुखको ध्यानाकर्षण गराइएको जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री वालेन शाह ‘बालेन्द्र’ ले संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधनका क्रममा जलवायु परिवर्तनबारे विश्व समुदायको ध्यानाकर्षण गराउनु पर्ने विषयमा पनि कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्