इतर पक्षका २५ नेता छलफलमा जुट्दै, पूर्णबहादुर निकटका नेताहरू महाधिवेशनमा भाग लिन तयार

काठमाडौं, २९ भदौं । नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरू महाधिवेशनमा सहभागी हुने तयारी गरे सँग इतरपक्षमा दवावमा परेको छ ।

सस्थापन पक्षको हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले खड्काले सारेको ८ बुँदे माग सम्बोधन गरेपछि खड्कानिकट नेताहरू महाधिवेशन प्रक्रियामा भाग लिने तयार भएका हुन् ।

पार्टीको निर्णयपछि महाधिवेशन प्रक्रियामा भाग लिन वातावरण बनेको नेता श्याम घिमिरेले जानकारी दिए । उनले भने, ‘हाम्रो समूहको केही बेरपछि बैठक बस्दैछ । त्यस बैठकले के गर्ने भन्नेबारे औपचारिक निर्णय लिँदैछौँ ।’
यो समूहले शुक्रबार पार्टी एकताको पक्षमा भन्दै संयुक्त अपिल जारी गरेको थियो । निवर्तमान केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराईलगायत २५ जनाले संयुक्त अपिल जारी गरेका थिए । यसले खड्का पक्षले महाधिवेशनमा भाग लिने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्