सभापति थापा र नेता कोइरालाबीच वार्ता, पार्टी एकतामा जोड
काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने त्यागका लागि तयार रहेको बताएका छन् ।
सभापति गगन थापासँग आज भएको भेटमा नेता कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको बताउँदै यसको लागि पनि पार्टी एकता अनिवार्य भएकाृ बताए ।
उनले पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पार्नुभयो । भेटमा कोइरालाले सो राखेको विचारबारे उनको सचिवालयले भन्यो ।
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको र के के त्याग गनएसपर्छ, कुन किसिमको लचकता हुनसपर्ने हो त्यसको लागि आफ् तयार बताएका थिए
भेटमा दुई नेताबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधान र बाढीग्रस्त क्षेत्रको अवस्थाबारे चर्चा भएको स्रोतले जनाएको छ ।
रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको जानकारी गराइएको छ । यसले मुलुकको पछिललो अवस्थाका बारेमा गम्भिर छलफल र चासो भएको छ ,


प्रतिक्रिया दिनुहोस्