साल्ट ट्रेडिङ र खाद्य व्यवस्थालाई १ प्रतिशत भन्सारमा चिनी आयात गर्न दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १८ भदौं। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत कुल २५,००० मेट्रिक टन परिणामको चिनी १ प्रतिशत भन्सार महसुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

आज बिहबिार प्रधानमन्त्रीको कार्यालय सिंंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नतेत्वको सरकारको मन्त्रिपरिषद्को निर्णयले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत कुल २५,००० मेट्रिक टन परिणामको चिनी १ प्रतिशत भन्सार महसुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
सरकारले बजारमा चिनी आपूर्ति सहज बनाउन सहुलियत दरमा भारी परिमाणमा चिनी आयात गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जनकार िदिए । उनले सरकारी स्वामित्वका दुई कम्पनीलाई सहुलियत दरमा चिनी आयातको जिम्मा दिइएको बताए । उनले अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत कुल २५ हजार टन चिनी आयात गर्नलाई स्वीकृति दिएको बताए ।

बोटो अवरुद्ध भएसँगै बजारमा चिनीको मूल्य नियन्त्रण गर्न र उपभोक्तालाई सुलभ दरमा उपलब्ध गराउने उद्देश्यबाट सरकारले भन्सार महसुलमा भारी छुट दिँदै १ प्रतिशतमात्र महसुल लाग्ने व्यवस्था गर्दा उपभोक्तालाई राहत महसुस हुनेछ । मन्त्रिपरिषद्को यो स्वीकृतिसँगै अब साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीले तत्काल चिनी आयात प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्