राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै

काठमाडौं, १७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ।

बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बिहान (आज)१० बजे चःमतिमा बस्न लागेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। बैठकले रसुवा बाढिपहिरोको पछिल्लो अवस्था र उद्धार, खोज , पुनः स्थापना। राहत वितरण र पछिल्लो राजनीतिक अवस्थाका बारेमा केन्द्रीत हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्