रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने

काठमाडौं, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने भएको छ । पार्टीको आकस्मिक बैठक बसी सो निर्णय गर्ने पार्टीले जनाको छ । पार्टीको केहीबेरपछि आकस्मिक बैठक बसेर राहत कोषका लागि उपलब्ध गराउने रकमको निर्णय गर्नेछ’ सभापति रवि लामिछानेले जानकारी दिए ।

संसद्मा बोल्दै सभापति लामिछानेले यसबारे जानकारी दिएका हुन् । साथै, रास्वपाका सांसदहरूले बेग्ला बेग्लै नभएर सामुहिक रुपमा सरकारलाई, विपत्ति कोषमा सरकारलाई कसरी सघाउन सक्छ भनेर निर्णय नै गर्ने पनि उनले बताएका छन् ।

रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पु‍र्‍याएको छ । बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित हुँदै नुवाकोटको त्रिशुली, धादिङ्ग, चितवन लागत त्रिशुली ननिकिनार तथा तटिए क्षेत्रमा व्यपक क्षती भएको छ । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पु‍र्‍याएको विवरण आएका छन् ।

यस अगाडि नै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् कोषमा दुई महिनाको तलब भत्ता जम्मा गर्ने घोषणा गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्