प्रधानमन्त्री मुस्ताङ के खान जानु भएको हो, सदनमा जबाफ दिनुपर्छः हर्क साम्पाङ
काठमाडौं, ८ भदौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको हालै भएको मुस्ताङ भ्रमणबारे जानकारी माग गरेका छन्।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री पदको निजी जीवन नहुने पनि बताउँदै ‘प्रधानमन्त्रीज्यू निजी भ्रमणमा जानुभएको छ भन्ने कुरा आयो। प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन। यो कुरा हेक्का राख्नुपर्छ। उहाँ एक्लै जानुभएको होइन। उहाँसँग सुरक्षा संयन्त्र आफैमा सक्रिय भएर जाने गर्दछ। उहाँ मन्त्रिपरिषद् र संसदलाई समेत सूचना नदिई जानुभएको हो? के खान जानुभएको हो? मुस्ताङमा स्याउ पनि फलेको छैन होला अहिले। के चाख्न जानुभएको हो यो कुरा पनि उहाँले भन्नुपर्छ। सदनमा जबाफ दिनुपर्छ,’ राईले भने।
मुलुकको विकास निर्माण र सुशासन कायम गर्ने कुरामा सरकारले पर्याप्त ध्यान दिन नसकेको उनले समेत उनले उठाए ।

प्रतिक्रिया दिनुहोस्