विप्लव समुहका तीन कार्यकर्ता पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समुहका तीन कार्यकर्तालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर विक, सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी र हरिहरपुरगढी गाउँपालिका–२ पीपलमाडीका डोरबहादुर राई रहेका छन् ।

यहि मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन उनीहरुलाई पक्राउ गरिएको शर्माले बताए । विप्लवका कार्यकर्ताको गतिविधिलाई नजिकबाट नियालिरहेको र उनीहरुलाई पक्राउ गरिने उनले बताए । निर्वाचन विरोधी गतिविधि गर्ने कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिई मतदातालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउँदै आएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्