पूर्वराजा ज्ञानेन्द्र शाहसँग राणाको दुई घन्टा ‘वान टू वान’ दुई घन्टा कुराकानी

काठमाडौं, ७ भदौ । भर्खरै निर्वाच आयोगमा जय नेपाल पार्टी दर्ता गरेर सभापति बनेका पूर्वसांसद डा.धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग करिब दुई घन्टा कुराकानी गरेका खुलासा भएको छ । पार्टी दता पछि पहिलो केन्द्रीय कार्यसमिति बैठकसमेत गरिसकेका पूर्वसांसद धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरी करिब दुई घन्टा कुराकानी गरेका हुनु ।

जय नेपाल पार्टीका सभापति राणा र पूर्वराजा शाहबीच काठमाडौंस्थित होटल सोल्टीमा शनिबार भेटवार्ता भएको पार्टीले जनाएको छ ।

हिमानी ट्रस्टले आयोजना गरेको कार्यक्रमका निम्ति उनीहरू सहभागी थिए। सोही क्रममा समय निकालेर सभापति राणा र पूर्वराजा शाहबीच वान टू वान दुई घन्टा कुराकानी भएको जय नेपाल पार्टीका नेताले जानकारी दिए ।

जय नेपाल पार्टीका सचिवालय प्रमुख सगुनसुन्दर लावतीले पूर्वराजा शाह र सभापति राणाबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको बताए ।

सभापति राणाका अनुसार करिब दुई घन्टा चलेको छलफलमा जय नेपाल पार्टी गठन, यसका उद्देश्य र मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको स्रोतले जनाएको छ ।

‘हामीले जय नेपाल पार्टी गठन गरेका छौं त्यसबारे पनि उहाँलाई जानकारी गराएँ, शुभकामना आदानप्रदानका कुरा भए, समसामयिक राजनीतिक र सामाजिक अवस्थाका बारेमा लामो कुराकानी भयो,’ सभापति राणाले भने, ‘नयाँ पार्टी गठन भएको विषयमा उहाँको शुभकामना छ। राय सल्लाह पनि दिनुभयो। राजाले कहिल्यै पनि नकारात्मक हुरा गर्नुहुन्न, सबैप्रति सकारात्मक रहेको पाएँ।’

पूर्वराजा शाहले सभापति राणालाई सबैलाई समेटेर अघि बढ्न सुझाव दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्