कांग्रेसका केन्द्रीय सदस्यले लेखे जिल्ला सभापतिहरुलाई चिठी

काठमाडौँ । नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यले सैद्धान्तिकर वैचारिक पुनव्र्याख्या, सांगठनिक पुनर्संरचना र नेतृत्व परिवर्तनका विषयमा गम्भीर छलफल गर्न र प्रदेश र स्थानीय तहमा अधिवेशनको माग गर्न भन्दै जिल्ला सभापतिहरुलाई आग्रह गरेका छन् ।

केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ,गगनकुमार थापा,जीवन परियार,गुरूराज घिमिरे,प्रदिप पौडेल,रामकृष्ण यादव र किरण यादवले प्रदेश नम्वर ३ को राजधानि हेटौंडा भेलामा जम्मा भएका जिल्ला सभापतिहरुलाई सोमबार लेखेको चिठीमा यस्तो आग्रह गरेका छन् ।

पार्टी पुनर्निर्माणकोलागि कांग्रेसको सैद्धान्तिक र वैचारिक पुनव्र्याख्या आवश्यक रहेको पनि उनीहरुले पत्रमा उल्लेख गरेका छन् । महासमितिमार्फत नयाँ परिवेशमा राष्ट्रियता, लोकतन्त्र, समाजवादका सन्दर्भमा सामयीक व्याख्या, हाम्रो आर्थिक सामाजिक नीति, छिमेकसंगको हाम्रो सम्बन्ध लगायतका विविध विषयमा शैद्दान्तिक र वैचारिक दस्तावेज पारित गनुपर्ने,उनीहरुको पत्रमा मार्फत माग गरेका छन् । त्यसका लागि यो भेलाले ठोस बाटो देखाउनेछ भन्ने अपेक्षा लिएका पनि लिएका छन् ।

१६५ निर्वाचन क्षेत्र ३३० प्रादेशिक क्षेत्र, ७५३ स्थानीय तह र ६ हजार भन्दा बढि वडा संरचना छन् । पार्टीलाई पनि तत्काल संघीय संरचनामा निर्माण गरि महाधिवेशन गर्नुपर्ने कुरा सभापतिहरुलाई आठ जना नेताहरुले सुझाव दिएका छन् ।

वडा, पालिका, प्रदेश र संघ सबै तहमा सबल सरकार वा छायाँ सरकारको भूमिका खेल्न सक्ने नेतृत्व स्थापित गर्न आवश्यक छ,ु उनीहरुले जारी गरेको पत्रमा उल्लेख छ । महासमितिबाट संघीय विधान पारित गरि स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रकृया अविलम्ब शुरु गरौं । कम्तिमा यही २०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गरौं र २०७६ मा केन्द्रीय महाधिवेशन गरौं ।

आफ्नो पार्टी अहिले अल्मलिएको भन्दै दिशानिर्देश गर्न उनीहरुले सभापतिहरुलाई आग्रह गरेका छन् । पार्टीको सैद्धान्तिक र सांगठनिक खाका कोर्न तत्काल महासमिति हुँदै महाधिवेशनको प्रकृया अगाडि बढाउन जिल्ला सभापतिहरूको यस भेलाले महत्वपूर्ण बाटो देखाउन सकोस उनीहरुले आग्रह पत्र मार्फत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्