कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज तिवेदनहरु  पेश 

काठमाडौं, ३० साउन । हिजोबाट सुरु भएको नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज पनि जारी छ ।

काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी राष्ट्रिय भेलामा आजबाट बन्दसत्र सुरु भएको छ । आजको बन्द सत्रमा विभिन्न प्रतिवेदनहरु  पेश हुनेछ । पेश भएका प्रतिवेदनहरुमाथि व्यापक छलफल हुनेछ ।

हालसम्म राजनीतिक प्रतिवेदन, आर्थिक सामाजिक नीतिको कार्यदिशा, समसामयिक राजनीतिक प्रतिवेदन पेश भएका छन् । अन्य प्रतिवेदनहरू पनि पेश हुने क्रममा छन् ।

बिमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने डा. प्रकाशशरणम हतले आर्थिक सामाजिक नीतिको कार्यदिशा पेश गरेका छन् ।

त्यस्तै, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

हिजोबाट सुरु भएको कांग्रेस इतर समूहको भेला भोलिसम्म चल्ने छ । यस भेलाले काँग्रेसको दुई धारमा विभजनलाई झन मलजल भएको छ ।

प्रतिक्रिया दिनुहोस्