कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने : कांग्रेस सभापति देउवा

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी गरेका छन् ।

७७ वटै जिल्लाका जिल्ला सभापतिको भेलालाई मंगलवार प्रदेश नम्वर ३ को राजधानि हेटौडामा सम्वोधन गदै सभापति देउवाले सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख भएको भन्दै उनले गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दाबी गरेका छन् । सभापति देउवाले भने, ‘कम्युनिस्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन सक्दैन । कम्युनिस्ट लोकतन्त्रवादी हुन सक्दछन् भन्नु बाघ शाकाहारी हुन्छ भन्ने जत्तिकै हो ।’ उनले भने

देउवाले सरकार भाषणमा संघीयता र काममा कम्युनिस्टको जनवादी केन्द्रीयतातर्फ उन्मुख भएको दाबी गरे । प्रधानमन्त्री के.पी ओलीको राष्ट्रवाद पनि लम्पसारवादमा परिवर्तन भएको उनले आरोप लगाए । संविधानको संरक्षण गर्ने र देशलाई कम्युनिस्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी कांग्रेसकै काधमा आएको देउवाले बताए ।

कांग्रेसले एउटा लडाइा हारेको तर, मैदान नहारेको भन्दै उनले कमजोर मानसिकता होइन, उच्च मनोबलका साथ अगाडि बढ्न सबैलाई आग्रह गरे ।

सभापति देउवाले पार्टीभित्र केहि असतुष्टि अभिव्यक्त भएको भन्दै कतिपय कुराहरुलाई मैले स्वभाविक रुपमा लिएको छु भने कतिपय कुरा अतिरंजित र अशोभनिय ढंगले पनि उठ्ने गरेको उनको भनाई छ ।

देउवाले आफ्ना लागि राष्ट्र, लोकतन्त्र र काग्रेस भन्दा प्रिय अरु केही नभएको भन्दै बााकी जीवन पनि यसैमा समर्पित गर्ने उनको भनाइ छ ।

उनले कांग्रेसलाई फेरि पहिलो पार्टी बनाउने आफनो अभियानमा एकजुट भई सहयोग गर्न पनि आहृवान समेत गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्