प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटघाट, के भयो कुराकानी

काठमाडौं, २५ साउन । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेटघाट भएको छ । पछिले समय सरकार र पार्टीबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री बालेनको कार्यशैलीलाई लियर सबैतिर आलोचना भएको अवस्थामा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीचको भेटे निर्क अर्थपूर्ण भएको छ ।

प्रधानमन्त्री शाहलाई भेट्न सभापति लामिछाने आइतबार साँझ बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री शाहले पछिल्लोपल्ट फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको भनी अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिलाई सभापति लामिछाने असन्तुष्ट पनि थिए । साथै, केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे दुई नेताबीच कुराकानी भएको स्रोतले बतायो ।

उच्च स्रोतका अनुसार राजदूतहरूको छनोट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिकाबारे पनि रवि लामिछाने र बालेनका बीचमा कुराकानी भएको बुझिएको छ । ‘दुई नेताबीच एकदमै दरार उत्पन्न भएजस्तो गरेर बुझिएको छ, त्यस्तो केही होइन । यसलाई नियमित छलफल मान्न सकिन्छ,’ बालुवाटार स्रोतले भन्यो ।

भेटमा प्रधानमन्त्रीले छिट्टै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणका बारेमा पनि विषय उठान भएको बुझिएको छ ।

लामिछानेले पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लगेर बालुवाटार पुगेको पार्टी स्रोतले जानकारी दिएपनि सुरक्षा स्रोतले उक्त कुरा पुष्टि गरेन । बालेनसँग मूख्य सल्लाहकार कुमार बेन साथमै रहेको बताइएको छ ।

बालेन प्रधानमन्त्री बनेयता लामिछाने दोस्रोपल्ट बालुवाटार निवास गएका हुन् । बालेनले निवासमा अनौपचारिक जमघट र पारिवारिक बाहेक प्रायः कुनै पनि भेटघाट गर्दैनन् ।

यसअघिको भेटमा भने लामिछाने र बालेनसँग कुमार बेनलगायत उच्च तहका केही नेता सामेल रहेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ । तर हल्लाहकार वेनले भने आफू उपस्थिति नरहेको बताएको छ । यसले सरकारको काम कारवाही र जनअपेक्षका विषयमा केन्द्रित हुने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्