प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजित

काठमाडौं, २१ साउन । प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजित भएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा, पूर्वरास्वपाका नेता सन्तोष परियारलगायतले स्थापना गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजित भएको हो ।

यस अघि नै धेरै नेताहरु पार्टीबाट अलग भइसकेपछि बाँकी रहेका नेताहरु पनि छट्टिएका हुन् । हाल अध्यक्ष परिषद्मा रहेका दुर्गा सोब र सन्तोष परियार पनि छुट्टिने सहमति गरेपश्चात पार्टी विभाजित बन्न पुगेको हो ।

सबै नतोहरुको सहमति अनुसार बाबुराम भट्टराईले प्रलोपा स्थापना हुनअघि बनाएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुनः बिउतिएको छ । यसको नेतृत्व दुर्गा सोबले गर्ने छिन् । यो पार्टीको चुनाव चिह्न आँखा नै हुने सहमति भएको छ ।

सन्तोष परियारको पार्टी प्रलोपा नै हुने सहमति भएको छ । चुनाव चिह्न आँखाबाहेकको तीन रङको हुने गरी प्रक्रिया थाल्ने सहमति भएको छ ।

यो पार्टीबाट सुदन किराँती, ओजस्वी भट्टराई लगायतका नेताहरु यसअघि नै बाहिरिसकेका छन् । यसले राजनीतिक नायँ मोड लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्