सामाजिक सद्भावका लागि रास्वपा सभापति लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल

काठमाडौं, १५ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धार्मिक समुदायका अगुवासँग छलफल थालेका छन्।

शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा सभापति लामिछानेले मुस्लिम समुदायका अगुवा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन्।

त्यसैगरी उनले विश्व हिन्दु महासङ्घका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि छलफल गरेका छन्।

छलफलका क्रममा सभापति लामिछानेले सुनसरी, सिरहालगायत देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र सामाजिक सद्भाव कायम राख्न सम्बन्धित समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न धार्मिक अगुवाहरूसँग आग्रह गरेका छन्।

रास्वपाले सबै समुदायबीच आपसी विश्वास, सहिष्णुता र सामाजिक एकता कायम राख्न सबै पक्षले संयमित र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्