रवि लामिछानेले भेटे राष्ट्रपति पौडेल, सुनसरी घटनाबारे दिए जानकारी
काठमाडौं, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्।
बुधबार भएको भेटमा सभापति लामिछाने र राष्ट्रपति पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
रास्वपा सभापति लामिछानेले पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाबारे आफूले आह्वान गरेको सर्वदलीय बैठकका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका छन्। उनको सचिवालयका अनुसार बैठकबाट जारी गरिएको ९ दलको ७ बुँदे अपिलबारे पनि राष्ट्रपतिलाई अवगत गराइएको हो।
यसअघि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले सुनसरी घटनाबारे साझा धारणा सार्वजनिक गर्दै शान्ति, संवाद र समाधानका लागि पहल गर्न आग्रह गरेको थियो।













प्रतिक्रिया दिनुहोस्