अर्थमन्त्री वाग्लेले भने– मैले एक जना मात्रै अवैतनिक सल्लाहकार राखेको छु

काठमाडौं, १२ साउन । अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूले हाल एक जना मात्रै अवैतनिक सल्लाहकार नियुक्त गरेको बताएका छन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले आफूले राजश्व व्यवस्थापनलाई प्राथमिकतामा राख्दै एक जना अवैतनिक राजश्व सल्लाहकार मात्रै राखेको जानकारी दिए।

यसक्रममा उनले प्रधानमन्त्री तथा ऊर्जा मन्त्रालयमा रहेका सल्लाहकारको संख्याको पनि संकेत गर्दै आफ्नो मन्त्रालयको अभ्यास फरक रहेको बताए।

‘तपाईंहरूले आजकल सुनिरहनुभएको छ– प्रधानमन्त्री कार्यालयमा २७ जना सल्लाहकार, ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार,’ अर्थमन्त्री वाग्लेले भने, ‘मैले एक जना मात्रै सल्लाहकार राखेको छु, त्यो पनि अवैतनिक राजश्व सल्लाहकार। यसले राजश्वको विषयलाई मैले कति महत्त्व दिएको छु भन्ने देखाउँछ।’

उनले राजश्व संकलनलाई प्रभावकारी बनाउन मन्त्रालयले विशेष प्राथमिकता दिएको समेत उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्