नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिंदैं
काठमाडौं, २ साउन। नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गरेका छन् ।
आज एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । एमालेका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापाले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने गरि सामूहिक राजीनामा दिने तयारी भएको अनलाइनखबरलाई जानकारी दिए ।
उनकाअनुसार सबै मन्त्रीहरू हेटौंडा बाहिर रहेकाले एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयले इमेलमार्फत सामूहिक राजीनामा बुझाउने तयारी गरेको छ ।
बागमती प्रदेश सरकारमा एमालेबाट नेतृत्व गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा।दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, स्वास्थ्य मन्त्री किरण थापा र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेका थिए ।जसमध्ये मन्त्रीद्दय थापा र केसीको मन्त्रालय खारेजीमा परेपछि उनीहरूलाई मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार विना विभागीय जिम्मेवारी दिएका थिए ।
शुक्रबार नै उनीहरूलाई खारेजमा परेका मन्त्रालयको विषयत भूमिका हेर्ने गरि सम्बन्धित मन्त्रालयको थप जिम्मेवारी दिएका थिए ।
एमालेका मन्त्रीहरूले ३२ असारमै सामूहिक राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका थिए । एमाले पार्टी केन्द्रको निर्देशनपछि उनीहरूले राजीनामा बुझाएका थिएनन् ।
मुख्यमन्त्री बानियाँले १ साउनदेखि कायम हुने गरि ६ वटा मन्त्रालय खारेज गरेका थिए । १४ वटाबाट घटाएर उनले ८ वटा मात्रै मन्त्रालय यथावत राखेका हुन । गत २२ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै रहने व्यवस्था आज ९१ साउन २०८३० देखि लागू गरिएको थियो ।
खारेज गरिएका ६ जना मन्त्रालयका मन्त्रीलाई थप जिम्मेवारी तोक्ने क्रममा मुख्यमन्त्री बानियाँले शुक्रबार मन्त्रालयको विषयगत भूमिका दिएका थिए । उद्योग, पर्यटन, श्रम तथा यातायात र स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा तीन–तीन जना मन्त्री बनाइएको थियो । उद्योगमा पहिल्यै विन्दु श्रेष्ठ मन्त्री थिइन् ।
मन्त्रालय खारेजीमा परेका विना विभागीय मन्त्री जयराम थापालाई श्रम, रोजगार तथा यातायात विषय र अर्का मन्त्री सुरेश श्रेष्ठलाई उद्योग मन्त्रालयमै संस्कृति तथा पर्यटन विषय हेर्ने जिम्मेवारी दिइएको हो ।
यसैगरी, मन्त्री किरण थापा मगरलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य विषय, मन्त्री उर्मिला नेपाललाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत नै युवा तथा खेलकुद विषय हेर्ने जिम्मेवारी दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयमा पहिल्यै कञ्चनचन्द्र वादे मन्त्री थिए । यस्तै, मन्त्री भरतबहादुर केसीलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन तथा वातावरण विषय हेर्ने जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री बानियाँले मन्त्री विनु रायमाझी पौडेललाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी विषय हेर्ने जिम्मेवारी दिएका छन् ।
नयाँ कार्यविभाजनअनुसार इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा डा। दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रभात तमाङले आर्थिक मामिला तथा योजना मन्त्रालय, कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा मात्रै एक्ला मन्त्री थिए ।













प्रतिक्रिया दिनुहोस्