पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, ३२ असार । सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कोइरीलाई कारागारबाट रिहा गर्न आदेश दिएको हो।

थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। उक्त फैसला सुनाइएको भोलिपल्टै उनलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो।

सर्वोच्च अदालतले गत १९ असारमा जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नरहेको ठहर गर्दै कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो।

सर्वोच्चको आदेशसँगै कोइरीको रिहाइको कानुनी प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्