प्रधानमन्त्री बालेन शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच सिंहदरबारमा भेटवार्ता
काठमाडौं, ३२ असार । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्तामा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक खुस्बु ओलीको सहभागिता रहेको थियो।
प्रधानमन्त्री शाहले यसअघि महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग पनि छलफल गरेका थिए। त्यसअघि उनले निजी क्षेत्रका प्रतिनिधिहरूसँग समेत भेटवार्ता गरेका थिए।
सरकार गठन भएको १०० दिन पूरा भएपछि प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूसँगको भेटवार्तालाई तीव्रता दिएका छन्।













प्रतिक्रिया दिनुहोस्