राष्ट्रियसभाको बैठक साउन १५ गते बस्ने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
काठमाडौं, ३१ असार । राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ। राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आगामी बैठकको मिति जानकारी गराएका हुन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिन्।
यसअघि बैठकमा अध्यक्ष दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा सभालाई जानकारी गराएका थिए।
राष्ट्रियसभाको बैठक निर्धारित कार्यसूची पूरा गरी आगामी साउन १५ गतेसम्मका लागि स्थगित गरिएको हो।













प्रतिक्रिया दिनुहोस्