प्रतिनिधिसभा बैठकमा पुगेका प्रधानमन्त्री बालेन र रवि लामिछाने केहीबेरमै बाहिरिए

काठमाडौं, ३० असार । प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने केहीबेर बसेर बाहिरिएका छन्।

प्रधानमन्त्री शाह र सभापति लामिछाने दिउँसो १ बजेर ३७ मिनेटमा प्रतिनिधिसभा बैठक कक्षमा प्रवेश गरेका थिए। उनीहरू करिब २० मिनेट बैठकमा बसेपछि बाहिरिएका हुन्।

बैठकमा सहभागी हुन जानुअघि प्रधानमन्त्री शाहले सभामुख डोलप्रसाद अर्यालसँग करिब पाँच मिनेट छलफल गरेका थिए।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र रास्वपा सभापतिको उपस्थितिलाई चासोका साथ हेरिएको थियो।

प्रतिक्रिया दिनुहोस्