नेपाली कांग्रेस प्रतिष्ठानद्वारा ६ उपसमितिका संयोजक चयन

काठमाडौं, २८ असार ।  नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न विषयगत ६ वटा उपसमितिका संयोजक चयन गरेको छ।

पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा बसेको बैठकले उपसमितिहरूको नेतृत्व गर्ने संयोजकहरूको जिम्मेवारी तोकेको हो।

प्रतिष्ठानले अपांगता; संवाद, समन्वय र सशक्तिकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमितिको संयोजकमा रेशम गुरुङ तथा दुर्व्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिको संयोजकमा डा. डी.बी. सुनारलाई चयन गरेको छ।

त्यसैगरी, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल तथा कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्लेलाई जिम्मेवारी प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार उपसमितिहरूले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित नीति अध्ययन, अनुसन्धान, संवाद, समन्वय तथा प्रशिक्षणका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउनेछन्।

प्रतिक्रिया दिनुहोस्