प्रधानमन्त्री देख्नासाथ काम्ने मानिस अख्तियार प्रमुख बन्ने खतरा छ: सभापति थापा
काठमाडौं, २५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री देख्नासाथ काम्ने मानिस अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख बन्ने खतरा रहेको बताएका छन्।
उनले भने, ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग भनेको त यस्तो संस्था हो, जसले सरकारले पनि, प्रधानमन्त्रीले पनि, मन्त्रीहरूले पनि भ्रष्टाचार गर्न सक्छन्, अरू कसैले गरेको भ्रष्टाचार प्रधानमन्त्री आफैले हेर्नुहुन्छ। तर प्रधानमन्त्रीले पनि भ्रष्टाचार गर्नुभयो भने हेर्नुपर्छ है भनेर अधिकार दिएको अख्तियार हिजो दलका नेताले आफ्ना खल्तीबाट मानिस बनाएर दलको छायाँ बन्न खोज्यो भनेर त्यसलाई सुधार गर्न खोज्यौं,’ केन्द्रीय कार्यालय सानेपामा आज भएको कार्यक्रममा सभापति थापाले भने, ‘अब त झन् प्रधानमन्त्रीसँग डराउने मानिस अख्तियार प्रमुख बन्ने खतरा भयो।’
‘प्रधानमन्त्री देख्नासाथ थुरथुर काम्नेचाहिँ अख्तियार प्रमुख आउने डर भयो नि त हामीलाई, भएन तरु,’ उनले भने, ‘परैबाट सलुट गर्दै आउला कि भन्ने डर भयो। अख्तियारको प्रमुखले प्रधानमन्त्री देख्नासाथ सलुटसाब भन्दै सलाम हान्ला कि भन्ने डर भयो नि त हामीलाई। अनि त्यो अख्तियारले भ्रष्टाचार गर्यो कि भनेर हेर्ला त ? उनले कांग्रेसलाई केही भाग नचाहिएको तर संवैधानिक नियुक्तिहरूमा शुद्धता भने चाहिएको बताए। उनकाअनुसार पछिल्ला घटनाक्रमले प्रधानमन्त्री देख्नासाथ काम्ने र सलाम साब भन्ने मानिस अख्तियार प्रमुख भएर आउने खतरा छ।













प्रतिक्रिया दिनुहोस्