गोविन्द कार्की मुख्यसचिव नियुक्त
काठमाडौंं, २४ असार । सरकारले गोविन्द कार्कीलाई नेपाल सरकारको मुख्यसचिव नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गोविन्द कार्कीलाई मुख्यसचिव नियुक्त गरिएको जानकारी दिए।
मुख्यसचिवका रूपमा कार्कीले अब नेपाल सरकारको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्। अन्य निर्णयबारे सरकारले विस्तृत विवरण पछि सार्वजनिक गर्ने जनाएको छ।












प्रतिक्रिया दिनुहोस्