नेपाल राष्ट्र बैंक संशोधन र पर्यटन विधेयक संसदीय समितिमा पठाइयो
काठमाडौंं, २४ असार । प्रतिनिधिसभाले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो।
यससँगै अब नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकमाथि सम्बन्धित विषयगत समितिमा दफावार छलफल हुनेछ।
त्यसैगरी, राष्ट्रियसभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई पनि दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रस्तुत गरेको उक्त प्रस्ताव पनि प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको हो।
दुवै विधेयकमाथि सम्बन्धित संसदीय समितिमा दफावार छलफल सम्पन्न भएपछि आवश्यक संशोधनसहित पुनः प्रतिनिधिसभामा पेश गरिनेछ।












प्रतिक्रिया दिनुहोस्