दुई विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

काठमाडौंं, २४ असार ।  प्रतिनिधिसभामा रहेका दुई वटा विधेयक दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन विधेयक २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव राखेका थिए।

प्रतिनिधिसभाले दुवै प्रस्ताव स्वीकृत गरेसँगै अब यी विधेयकमाथि सम्बन्धित विषयगत संसदीय समितिमा दफावार छलफल हुने भएको छ।

समितिमा छलफलपछि आवश्यक संशोधनसहित विधेयक पुनः प्रतिनिधिसभामा पेस गरिनेछ।

प्रतिक्रिया दिनुहोस्