सभामुखले रोके एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति, प्रतिनिधिसभा बैठक केहीबेरका लागि स्थगित
काठमाडौंं, २४ असार । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्ति सभामुख डोलप्रसाद अर्यालले बीचमै रोकेपछि संसदमा तनाव उत्पन्न भएको छ।
बोल्ने समय पाएपछि सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, “सम्माननीय सभामुख महोदय, सभामुखलाई एउटा निवेदन गर्नु पर्यो। तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? सभामुखलाई यो निवेदन हो,” भनेका थिए।
सांसद राईको उक्त अभिव्यक्तिपछि सभामुख अर्यालले तत्काल हस्तक्षेप गर्दै मर्यादित रूपमा बोल्न निर्देशन दिए।
“माननीय सदस्य, आफ्नो भनाइ मर्यादामा बसेर राख्नु होला। माननीय सदस्यलाई म योभन्दा अगाडि बढ्न निर्देशन दिँदिनँ। समय दिँदैन, बस्नुहोस्,” सभामुख अर्यालले भने।
सभामुखले सांसद राईले सभामुख र प्रतिनिधिसभाको अवहेलना गरेको ठहर गर्दै बोल्न नदिएको जनाइएको छ।
घटनापछि एमाले सांसदहरूले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक केही समयका लागि स्थगित गरिएको छ।












प्रतिक्रिया दिनुहोस्