प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने कांग्रेस सांसद आङ्देम्बेको आग्रह
काठमाडौंं, २२ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा र संसदप्रति उत्तरदायी हुन आग्रह गरेका छन्।
प्रतिनिधि सभा बैठकमा सरकारका १०० दिनको समीक्षामाथि धारणा राख्दै सांसद आङ्देम्बेले संसद जनताको सार्वभौम प्रतिनिधि संस्था भएकाले प्रधानमन्त्री सोही संस्थाप्रति जबाफदेही हुनुपर्ने बताए।
उनले भने, ‘संसद सार्वभौम जनताको प्रतिनिधि संस्था हो। प्रधानमन्त्रीजी यही संस्थाका सदस्य हुनुहुन्छ र सरकार पनि यही संसदको विश्वासमा टिकेको हो। त्यसैले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ।’
आङ्देम्बेले पछिल्ला १०० दिनमा प्रधानमन्त्रीको कार्यशैलीप्रति टिप्पणी गर्दै स्मरणीय सन्देश पनि दिए।
उनले भने, ‘धुरीमा चढेपछि सिँढी भुल्नु हुँदैन।’
उनको भनाइले सरकार र संसदबीचको सम्बन्ध तथा जवाफदेहिताको विषयलाई पुनः बहसमा ल्याएको छ।












प्रतिक्रिया दिनुहोस्