प्रधानमन्त्री बालेन शाहको कार्यशैली सकारात्मक भएको गगन थापाको टिप्पणी
काठमाडौं, २१ असार । प्रधानमन्त्री बालेन शाहको कार्यशैली सकारात्मक, सिंहदरबारमा केन्द्रित भएको गगन थापाको टिप्पणी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहको पछिल्लो १०० दिनको कार्यशैली सकारात्मक रहेको बताएका छन्।
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित सरकारको १०० दिने कार्यकालको समीक्षा कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्रीको सिंहदरबार केन्द्रित कार्यशैलीलाई प्रशंसनीय भन्दै निरन्तरता पाओस् भन्ने शुभेच्छा व्यक्त गरे।
उनले विगतका सरकारहरूमा प्रधानमन्त्रीको ध्यान शासकीय जिम्मेवारीभन्दा पनि बालुवाटारमा हुने राजनीतिक व्यवस्थापन, भागबन्डा र गठबन्धनको समीकरणमा बढी केन्द्रित हुने गरेको टिप्पणी पनि गरे।
थापाले भने, प्रधानमन्त्रीको काम देशको कार्यकारी प्रमुखका रूपमा नभई दलगत व्यवस्थापनमै बढी सीमित हुने प्रवृत्ति रहेको उल्लेख गर्दै यस पटक प्रधानमन्त्रीको कार्यशैलीमा स्पष्ट भिन्नता देखिएको बताए।
उनका अनुसार सिंहदरबारमा बसेर शासकीय काममा ध्यान दिनु सकारात्मक अभ्यास हो र यसले आगामी दिनमा निरन्तरता पाउनुपर्ने छ।












प्रतिक्रिया दिनुहोस्