सरकारका १०० दिनको समीक्षा गर्दै कांग्रेस, आज सानेपामा छलफल

काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको १०० दिने कार्यसम्पादनबारे आज समीक्षा गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११:३० बजे हुने कार्यक्रममा सरकारका १०० दिने गतिविधि, कार्ययोजना र कार्यान्वयनको अवस्थाबारे विस्तृत समीक्षा गरिनेछ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतका विभिन्न समितिले सरकारका कामकारबाहीको मूल्याङ्कन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

पार्टीको अर्थ तथा योजना उपसमितिका संयोजक गोविन्दराज पोखरेलका अनुसार समीक्षा प्रस्तुतिपछि सरकारका उपलब्धि, कमजोरी तथा आगामी राजनीतिक रणनीतिका विषयमा पनि छलफल हुनेछ।

कार्यक्रममा कांग्रेसका सभापति गगन थापा, पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, सङ्घीय सांसद तथा सम्बन्धित समितिका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्