एमाले– माओवादी केन्द्र चुनावी तालमेलले काँग्रेस अत्तालिएको छः उपाध्यक्ष ज्ञवाली

काठमाडौं । दाङको हंशपुरमा आयोजित चुनावी सभालाई सम्बोधन नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले आसन्न निर्वाचनमा वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याउने निश्चित रहेको दाबी गरेका छन् ।

गठबन्धनको बहुमत सरकार बनेमा स्थानीय तहको बजेटमा दोब्बर वृद्धि गराएर विकासको लहर ल्याउने समेत बताए ।

सभालाई सम्बोधन गर्दै एमालेका पोलिटब्यूरो सदस्य भागवत विश्वासीले एमाले– माओवादी केन्द्र चुनावी तालमेलले काँग्रेस अहिले अत्तालिएको बताए ।

प्रतिक्रिया दिनुहोस्