गगन थापाद्वारा शिक्षामा दलीयकरणप्रति चिन्ता, सुधारको आवश्यकता औँल्याइयो

काठमाडौं, १९ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालमा शिक्षाक्षेत्रमा दलीयकरण बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

ग्रीन टेबल संवाद श्रृङ्खलाअन्तर्गत शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपाामा आयोजित ‘शैक्षिक उन्नयनका सामयिक उपायहरू’ विषयक कार्यक्रममा बोल्दै उनले विद्यालय व्यवस्थापनदेखि प्रधानाध्यापक छनोटसम्म राजनीतिक पहुँच र दलीय प्रभाव हावी भएको टिप्पणी गरे।

थापाले “जहाँ पनि आफ्नै मान्छे चाहिने प्रवृत्तिका कारण शिक्षामा दलीयकरण बढेको छ” भन्दै यस्तो अभ्यासले शिक्षाको गुणस्तर कमजोर बनाएको धारणा राखे। उनले शिक्षालाई दलीय स्वार्थभन्दा बाहिर निकाल्नुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार शिक्षा क्षेत्रलाई समुन्नत नेपाल निर्माणको आधारका रूपमा विकास गर्नुपर्ने भए पनि वर्तमान प्रवृत्तिले त्यस लक्ष्यमा बाधा पुर्‍याइरहेको छ।

थापाले शिक्षा प्रणाली सुधारमा राजनीतिक हस्तक्षेप अन्त्य गर्दै योग्यताका आधारमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्