प्रतिनिधिसभाबाट सहकारी (पहिलो संशोधन) विधेयक पारित

काठमाडौं, १८ असार । सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयकमाथि दफावार छलफल सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बहुमतले विधेयक पारित भएको घोषणा गरेका हुन्।

विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा संशोधन प्रस्तावबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले जवाफ दिएकी थिइन्।

यो विधेयक राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले यसअघि जारी गरेको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको हो।

सरकारले सहकारी क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउने, बचतकर्ताको हित संरक्षण गर्ने तथा सहकारी संस्थाको सञ्चालनलाई व्यवस्थित बनाउने उद्देश्यसहित उक्त विधेयक अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्