नेपाली कांग्रेसका तीन पूर्वपदाधिकारीबीच छलफल

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका तीन पूर्वपदाधिकारीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंहबीच आज दिउँसो छलफल भएको हो।

नेता निधिको निवासमा भएको उक्त भेटमा पार्टीभित्रको आन्तरिक विषय तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

ती नेताहरूबीच समय–समयमा यस्ता छलफल हुने गरेको स्रोतले जनाएको छ।

उनीहरू तीनै जना गत पुसमा सम्पन्न नेपाली कांग्रेस विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्