सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, १८ असार । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो।

बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक प्रशासनिक विषय तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावहरूमा छलफल हुने बताइएको छ। साथै, बैठकबाट आवश्यक निर्णयहरू पनि हुने अपेक्षा गरिएको छ।

मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया हप्तामा दुई दिन सोमबार र बिहीबार बस्ने प्रचलन रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्