आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, १८ असार । मन्त्रिपरिषद्को नियमित बैठक आज (बिहीबार) दिउँसो २ बजे बस्ने भएको छ।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

बैठकमा समसामयिक सरकारी विषय, विभिन्न नीतिगत निर्णय तथा मन्त्रालयहरूबाट प्रस्तुत प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ। यद्यपि, बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन।

आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक रहेको सरकारका प्रवक्ताको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्