परराष्ट्रमन्त्री शिशिर खनाल: भारतीय हेलिकप्टर मौसमका कारण नेपाली भूभागमा प्रवेश, चिया निर्यात समस्या समाधान भएको दाबी
काठमाडौं, १७ असार । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपालको दार्चुला जिल्लाको भूभागमा प्रवेश गरेको जानकारी सरकारलाई प्राप्त भएको बताएका छन्।
बुधबार संघीय संसद् राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खनालले उक्त हेलिकप्टर नियोजित वा गलत मनसायले प्रवेश गरेको नदेखिएको स्पष्ट पारे। उनका अनुसार भौगोलिक अवस्था र खराब मौसमका कारण हेलिकप्टर नेपाली भूभागमा प्रवेश गर्न पुगेको हो र यस विषयमा दुवै देशका सम्बन्धित अधिकारीहरूबीच आवश्यक समन्वय भइरहेको छ।
त्यसैगरी, उनले नेपालको सुपारी निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले पहल गरिरहेको जानकारी दिए।
मन्त्री खनालले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान भइसकेको दाबी गर्दै आफ्नो हालैको भारत भ्रमणका क्रममा उच्चस्तरीय छलफल भएको बताए। उनका अनुसार भारतले आफ्नो नीति परिमार्जन गरेपछि नेपाली चियाको निर्यात सहज भएको छ।







प्रतिक्रिया दिनुहोस्