कोशी प्रदेशसभा बैठक असार १८ गतेका लागि सारियो

काठमाडौं, १६ असार । कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन गरिएको छ।

प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार नवौँ अधिवेशनको १६औँ बैठक पछिल्ला दुई पटक (असार ११ र १६ गते) तोकिएको समयमा बस्न नसकेपछि प्रदेश सरकारको अनुरोधमा बैठक सारिएको हो।

प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठक असार १८ गते दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्