कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनीत

काठमााडौं, १५ असार । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनीत गरेको छ।

पार्टी सभापति गगन थापाले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई सदस्य तथा अधिवक्ता राजु कटुवाललाई सदस्य सचिवमा मनोनयन गरेका हुन्।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार जारी विज्ञप्तिमार्फत उक्त जानकारी दिएका छन्।

कांग्रेसले पार्टीको आन्तरिक निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्वाचन समितिलाई पूर्णता दिने क्रममा यी मनोनयन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्