विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल
काठमााडौं, १५ असार । पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि पक्राउ गरेका पौडेललाई कानुनी प्रक्रियाअनुसार विशेष अदालतमा उपस्थित गराइएको हो।
पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। विभागले उनीमाथि सार्वजनिक पदको दुरुपयोग गर्दै व्यवसायी दीपक भट्टलाई सेयर खरिद प्रक्रियामा सहजीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ।
यसअघि पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सम्बन्धित पक्षका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।
यस प्रकरणमा अनुसन्धान जारी रहेको विभागले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्