पिछडावर्ग (OBC) को संघर्षमा जाने तयारी

काठमााडौं, १५ असार । नेपालको  जनसंख्याको‌ १५ प्रतिशतभन्दा बढिको संख्या रहेका पिछडावर्ग (OBC) को अधिकार, पहिचानका लागि संघर्षरत राष्ट्रिय पिछडावर्ग महासंघको हिजो आइतवार काठमाडौंको शान्तिनगरमा महासंघका अध्यक्ष कौशल कुमार सिंहको अध्यक्षता बसेको बैठकले पिछडावर्ग (OBC) को माग मुद्दालाई राज्यबाट कसरी संबोधन गराउने र यसका लागि अब कसरी अगाडी बढने विषयमा गम्भिर ढंगले छलफल भएको महासचिव सिएन खड्गाले जानकारी दिएका छन् ।

बैठकमा  महासंघका पदाधिकारीहरु, विभिन्न जातीय संगठनका प्रतिनिधिहरूका साथै पिछडावर्ग (OBC) का बुद्धिजीवी, प्राध्यापक, कानूनविद, व्यवसायी तथा युवाहरूको सहभागिता थियो ।

बैठकमा पिछ्डावर्ग को अधिकारका लागि भएका संघर्ष र उपलब्धिमाथि समीक्षा हुनुका साथै आगामी कार्यदिशा र त्यसमा देखिने चुनौतीहरूबारे विस्तृत चर्चा गर्दै पिछ्डावर्ग (OBC)को संघर्षलाई अगाडि बढाउनका लागि विभिन्न समितिहरू गठन गर्ने सहमति भएको महासचिव खड्गाले बताएका छन् । उनले यस सम्बन्धमा आवश्यक गृहकार्य सहित यसै साता पुनः बैठक बसी निर्णय गरिने सहमति भएको  बताए ।

पिछडावर्ग (OBC) मा कुशवाहा, कुर्मी, कुम्हार, कहार, केवट, कानु, कलवार, तेली, नुनिया, बनियाँ, बढई, भेडिहर, माली, मल्लाह, यादव, राजभर, राजधोव, रौनियार, लोहार, लोध, सुडी, सोनार, हजाम, हलुवाई, अमात, केवरत, सैनी, बिन, जोगिया, लहेरा/लहेरी, बेल्दार, नट/नटवा, कलाबाज, कथबनिया, अरख, भुर्जी, राजी, खैराह/गुज्जर, पटवा, चनऊ, कलाल, बरई, वोट, कशेरा/कशेरी, पटनवार, कमकर, कसोधन, मंगता/महाउत, चौहान, चाई आदी जातिहरु रहने राष्ट्रिय समावेशी आयोगको निर्णय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्