नुवाकोटमा गगन थापा : ‘छोरी राम्रो, बाटो नराम्रो’ टिप्पणी चर्चामा

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सभापति गगन थापा शनिबार नुवाकोट पुगेका छन्। बेलकोटगढी नगरपालिका–२ स्थित कुमरीमा उनलाई स्थानीय कांग्रेस नेताहरूले स्वागत गरेका थिए।

स्वागत कार्यक्रममा वडा सभापति अर्जुन तिमिल्सिनासहित नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। सोही क्रममा सभापति थापाका ससुरा तथा कांग्रेस नेतासमेत रहेका जगदीश्वरनरसिंह केसी पनि उपस्थित थिए।

कार्यक्रममा बोल्दै केसीले थापालाई स्वागत गर्दै स्थानीय नेतृत्व र संरचनाबारे परिचय दिएका थिए।

सो अवसरमा सभापति थापाले बाटोको अवस्थाबारे टिप्पणी गर्दै “नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो” भनेपछि कार्यकर्ताहरूबीच हाँसोको माहोल बनेको थियो।

थापाको उक्त भनाइपछि ससुरा केसीले पनि स्थानीय सडकबारे प्रतिक्रिया दिँदै माथिल्लो बाटो केही राम्रो रहेको बताएका थिए।

सभापति थापाले कांग्रेस नेता अर्जुननरसिंह केसीकी छोरीसँग विवाह गरेका हुन्। जगदीश्वरनरसिंह केसी अर्जुननरसिंह केसीका भाइ हुन्।

प्रतिक्रिया दिनुहोस्